काठमाडौं–प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि तेस्रो दिनको बहस सुरु भएको छ। संवैधानिक इजलासमा आइतबारदेखि विषयकेन्द्रित बहस प्रारम्भ भएको थियो। सोमबारको बहस हेर्दाहेर्दैमा टुंगिएको थियो।
मंगलबार अधिवक्ता शिवकुमार यादवले बहस सुरु गरेका छन्। सोमबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए। अधिवक्ता पोखरेलले लामो बहस गरेका थिए। उनले प्रतिनिधि सभा विघटन भए संविधान नै बाँकी नरहने बताएका थिए।
आइतबार चार जनाले बहस गरेका थिए। प्रतिनिधि सभा विघटनका विरुद्धमा सर्वोच्चमा १३ रिट परेका थिए। त्यसमाथि संवैधानिक इजलासमा बहस भइरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।