काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संघीय संसद्को बैठक बोलाउन माग गरेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा वर्तमान तथा पूर्व पदाधिकारीहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो।
वर्तमान कम्युनिस्ट सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड—१९ को अव्यवस्थापनको पर्यायवाची बनेको समेत कांग्रेस बैठकको ठहर छ।
'राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएको भन्दै कांग्रेसले अविलम्ब बैठक बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने निर्णय कांग्रेसले गरेको हो।
सोही बैठकले मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्नेसमेत निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।