काठमाडौँ- नेकपा सचिवालय बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका सदस्यहरु अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई कुरेर बसेका छन्। नेताहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई कुरिरहेको एक नेताले बताए।
अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री निवास बालुवाटारको बैठक हलभित्र प्रवेश गरिसकेका हुन्।
बालुवाटारमै भएका ओलीले भने उपस्थित भई नसकेको तर उनी आउने क्रममा रहेको ती नेताले बताए। यसअघि एक बजेका लागि बोलाएको बैठक दुई बजे सारिएको थियो। तर अझै ओली उपस्थित नभएकाले बैठक सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।