काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही समयका लागि सरेको छ। दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक केही बेरका लागि पछि सारिएको एक सचिवालय सदस्यले जानकारी दिए।
उनले २ बजेपछि बैठक बस्ने सक्ने बताए। महासचिव विष्णु पौडेलको व्यस्तताका कारण बैठक सारिएको हो।
मंगलबार बसेको सचिवालय बैठकले आज १ बजेका लागि अर्को बैठक निर्धारण गरेको थियो।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने वा नहुने बारे टुंगो लागिसकेको छैन। उनले मंगलबारको बैठकमै आजको बैठकमा उपस्थित जनाउन नसक्ने बताएका थिए।
मंगलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।