काठमाडौं- भारतीय विदेश मन्त्रालयका सचिव हर्षबर्द्धन शृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल र भारतको सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिहीबार नेपाल आएका उनले परराष्ट्र सचिवस्तरीय बैठकपछि प्रधानमन्त्रीलाई भेटेका हुन्। उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पनि भेटेका थिए।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम पनि छ।
श्रृंगला शुक्रबार गोरखा जानेछन्। उनको शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।