काठमाडौँ- पुर्नगठित नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपासंग महिनाभित्रै एकता गर्ने बताएका छन्। पार्टी केन्द्रीय कमिटीको छैठौ बैठकको निर्णय सार्वजनिक गर्दै किरातीले एकताका लागि अन्तिम चरणमा पुगेको दाबी गरे।
‘मालेमा विचार मान्नेसंग एकता र ध्रुवीकरण हुन्छ। विप्लव नेतृत्वको नेकपासंग छलफलगरी रहेका छौँ। छलफलको अन्तिम चरणमा पुर्याएका छौँ,’ किराँतीले भने, 'हामीलाई लाग्छ केही महिनाभित्रै एकता गर्छौँ। त्यसलाई हामीले महान धुर्वीकरण भनेका छौँ।’
विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउन सञ्चार जगतबाट भूमिका खेल्न किराँतीले आग्रह गरे। सरकारले नेकपा प्रतिबन्ध नहटेपनि आफूहरुले विप्लवसँग एकता गर्ने उनको भनाइ छ।
‘पार्टीमाथिको प्रतिबन्ध हटेन भनेपनि एकता गर्छौँ। एकता नगरी भएन। एकता गर्नुभन्दा अघि प्रतिबन्ध हटाए सजिलो हुन्थ्यो। प्रतिबन्ध हटाएन भने एकतापछि एक जुट भएर तोड्ने छौँ।’ आवश्यता अनुसार मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकता र ध्रुवीकरणका लागि छलफल गरिने किरातीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।