काठमाडौं–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरीद्वारा पक्राउ गरिएका आफना २ नेतालाई तत्काल रिहा गर्न माग गरेको छ।
पार्टी प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरी ललितपुरको नख्खु क्षेत्रबाट पक्राउ गरिएका पार्टी केन्द्रीय अर्थ विभागका अध्यक्ष तथा ब्युरो सदस्य प्रेम दर्नाल र अर्थ विभागका सदस्य सञ्जीव नेपालीलाई तत्काल विनाशर्त रिहा गर्न माग गरेका हुन्।
नख्खु क्षेत्रमा व्यवसायीहरुको बैठक परिसरबाट अपहरणकारी शैलीमा पक्राउ गरी शुक्रबार दिनभर बेपत्ता पारिएको पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।