काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री मातृका यावदसहित ३७ जना नेता कार्यकर्ताले हस्ताक्षरगरी पर्साको मुकेश चौरसिया हत्यामा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गरेका छन्।
पर्साको बिन्दबासिनी गाउँपालिकाका सचिव चौरसियाको गत कात्तिक ६ गते पार्टीको सपथ कार्यक्रममा गुण्डाशैलीमा हत्या भएको भन्दै कारबाहीको माग गरिएको हो। घटनामा संलग्न व्यक्तिको नाम समेत राखेर किटानी जाहेरी दिँदा समेत प्रहरीले जाहेरी लिन नमानेको भन्दै आपत्ति जनाएको छ।
आफूहरुले विगत ६ दिनदेखि किटानी जाहेरी लिन आन्दोलन गर्दा समेत प्रहरीले लिन नमान्नु कानूनी राज्यको खिल्ली उडाएको बताइएको छ। पीडितको जाहेरी लिई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।