काठमाडौं–नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका यादवले पर्साका मुकुश चौरसियाका हत्यारालाई कारबाही गर्न माग गरेका छन् । पर्सा विन्दबासिनी गाउँपालिका सचिव चौरसियाको शुक्रबार हत्या भएको थियो । सोही गाउँपालिकाको सपथ कार्यक्रममा झडप हुँदा चौरसियाको हत्या भएको हो।
हत्यालगत्तै किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पर्सामा पुगे पनि लिन नमानेको यादवले बताए। आफूले किटानी जाहेरीमा राजकुमार गुप्ताको नाम उल्लेख गरेपछि लिन नमानेको उनको भनाइ छ। ‘इमान्दार नेता कार्यकर्ताको दिनदहाडै हत्या भएको छ । प्रहरी देखेनदेख्यै गर्छ ’ यादवलेभने, ‘प्रहरी प्रशासन नै हत्यारा जोगाउन लागेको छ । यो कस्तो प्रशासन हो?’
यादवले हत्यारालाई कारबाही गर्न माग गर्दै दैनिक जसो पर्सामा आन्दोलन गर्दै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।