काठमाडौँ- नेकपा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राम कार्कीले पूर्वएमाले र पूर्वमाओवादी समूहमा स्पष्ट हुने गरी पार्टी विभाजित हुने स्थिति नरहेको बताएका छन्।
मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटघाटलाई लिएर एमाले समूह एक हुने चर्चा चलेपछि नेता कार्कीले त्यो सम्भावना नरहेको दाबी गरेका हुन्।
‘अहिले तत्कालीन एमाले वा माओवादी समूहको नाममा पार्टी विभाजन हुने स्थिति देखिँदैन। पार्टीमा धेरै बदालव आइसकेको छ,’ कार्कीले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘शीर्ष नेतामा भेटघाट छलफल बहस हुन सक्छ। त्यसैले अनेक अर्थ लगाउँनु हुदैन।’
पार्टीमा गुट बदल्दा पनि कुनै समय परिस्थिति र अवस्था मिल्नु पर्ने बताउँदै कार्कीले ओली-नेपाल मिल्ने सम्भावना नरहेको बताएका हुन्। ओली-नेपाल समूह एक भई पूर्वएमाले समूह एक हुने स्थिति आए पार्टी एकता नै भत्किने कार्कीको भनाइ छ। तर, ओली नेपालको भेटलाई लिएर पूर्व माओवादी समूहमा शंका पैदा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।