काठमाडौं- जनता समाजवादी पार्टीको केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय बनाउने भएको छ। सोमबार र मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिको आकार टुंगो लगाएको हो।
केन्द्रीय समितिमा पूर्व समाजवादीका ४ सय र पूर्व जसपाका ३७९ सदस्य हुने एक नेताले जानकारी दिए। त्यस्तै संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई बनाइएको छ।
बैठकले पाँच केन्द्रीय निकाय र प्रमुख तोकेको छ। जसमा केन्द्रीय सल्लाहकार समिति प्रमुखमा भीम प्रसाद गौतम, केन्द्रीय विज्ञ परिषद् प्रमुखमा डा पुष्पराज राज कर्णिकार, केन्द्रीय अनुशासन आयोग प्रमुखमा लक्ष्मण लाल कर्ण, केन्द्रीय निर्वाचन आयोग प्रमुखमा अनिल कुमार झा र केन्द्रीय लेखापरिक्षण आयोग प्रमुखमा अमरेश नारायण झा छन्। त्यस्तै २९ वटा विभाग र तिनको नेतृत्व टुंगो लगाइएको छ।
नीति, योजना तथा कार्य व्यवस्था विभाग प्रमुख शरद्सिंह भण्डारी; अन्तर्राष्ट्रिय विभाग प्रमुख रकम चेम्जोङ; शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख रेणुकुमारी यादव; पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख प्रकाश अधिकारी; राज्य व्यवस्था विभाग प्रमुख राजकिशोर यादव; स्थानीय तथा परिचालन विभाग प्रमुख महेन्द्र राय यादव; समावेशी विभाग प्रमुख हिसिला यमी छन्। समायोजनमा सहजीकरणका लागि विभिन्न कार्यदल गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।