काठमाडौं- जनता समाजवादी पार्टीले संविधान संशोधनको माग दोहोर्याउँदै संविधान दिवसमा विरोध गर्ने भएको छ।
संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको भन्दै जसपाले संविधान दिवस बहिष्कार गर्ने भएको हो।
संविधानमा विभेदकारी प्रावधान राखिएको उल्लेख गरेको जसपाले संविधान दिवसमा विरोध गर्ने र विभेदकारी प्रावधान संसोधन दिन दबाब दिने जसपाले जनाएको छ। असोज ३ मा संविधान संशोधनका पक्षमा शान्तिपूर्ण विरोध गर्ने जसपाले जनाएको छ।
जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी संविधान जारी भएको जसपाको ठहर छ। संविधान विभेदकारी, अधुरो, अपुरो र त्रुटीपूर्ण रहेको जसपाले विज्ञप्तिमा उल्लेख गरेको छ।
संविधानले मधेशी, आदिवासी जनजाति, दलित, शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यकलगायतका समुदायको मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने राजपा माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।