काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले राप्रपालाई नयाँ पुस्ताको बलमा मुलुकको बलियो शक्ति बनाएरै छाड्ने दृढता व्यक्त गरेका छन्।
विभिन्न संगठन परित्याग गरी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रवेश गर्ने विद्यार्थीलाई स्वागत गर्दै बोहराले धर्म, संस्कृति र पहिचान रक्षाको लागि युवा पुस्ता आन्दोलनको तयारीमा लाग्नु पर्नेमा जोड दिए। विद्यार्थी वर्गको हक, हितको निमित्तभन्दा पनि तन्नेरी पुस्ताको दुरुपयोग गर्ने प्रवृत्ति हाबी हुनु दुःखद भएको भन्दै उनले मुलुकलाई समृद्धिको मार्गमा लैजान नयाँ पुस्ताले एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताए।
बोहराले अगामी निर्वाचनबाट कांग्रेस, कम्युनिस्ट र मधेशवादी दलको विकल्पको रुपमा राप्रपा उदाउने समेत उनले दाबी गरे। कार्यक्रममा विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह, अनमोल ढकाल, निराजन बमलगायत विद्यार्थी नेताहरुले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।