काठमाडौं- नेपाली कांग्रेसले पोखरा विश्वविद्यालयमा अनशन बसेका विद्यार्थीको मागप्रति सरकारको ध्यानाकर्षण गराएको छ।
पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका कार्यकर्ता १८ दिनदेखि विश्वविद्यालयमा पदाधिकारी नियुक्तको माग गर्दै विद्यार्थी आन्दोलनरत छन्।
त्रिविमा पछिल्लो समयमा अनेक अनियमितता र चरम राजनीतिकरण भएको मुद्दासमेत उनीहरुले उठाएका छन्। प्राज्ञिक गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलो भन्दा विसंगतिपूर्ण द्वन्द्वको खेलमैदान बनेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुःख व्यक्त गरेका छन्।
अर्कोतिर, कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिविमा राजनितिक भागबण्डा नगरी जेष्ठता र प्राज्ञिक वरिष्ठताको आधार बनाउन माग गरेको छ। सह प्राध्यापकद्वय जगत तिमिल्सिना र प्रा. राजेन्द्र गौतम लगाइएको मुद्दा फिर्ता लिन माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।