काठमाडौं–जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्रीले चेपाङको छाप्रो, स्कूल, अस्पताल छाडेर मन्दिर निर्माणमा प्राथमिकता दिएको भन्दै रोष प्रकट गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँगको शनिबारको भेटमा माडीमा भव्य राममन्दिर बनाउन निर्देशन दिएकोप्रति टिप्पणी गर्दै भट्टराईले उक्त टिप्पणी गरेका हुन्। ‘संवेदनशील धार्मिक मामिलामा ‘कम्युनिष्ट’ प्रधानमन्त्रीले चासो लिनु र निर्देशन दिनु कतिको उपयुक्त हो?’ उनले प्रश्न गरेका छन्।
उनले सर्वव्यापी इश्वरका अवतारलाई प्रत्येक देशले आ–आफ्नो भौगोलिक सीमाभित्र कैद गर्न खोज्नु धार्मिक आस्थाको हिसाबले कति सही हो भनेर प्रश्न पनि उठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।