सिन्धुपाल्चोक- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने दाबी गरेका छन्।
सिन्धुपाल्चोक चौतारामा शनिबार आयोजित कार्यक्रममा उनले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको छ, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत भएको बताएका थिए।
'कम्युनिष्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेको छ, त्यो सफल हुँदैन,' नेता तामाङले भने, 'पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिन्छन्।'
कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा नेपाल परित्याग गरी जिल्लाका दुई स्थानीय तहका करीब ७० स्थानीय नेताकार्यकर्ताले नेकपा प्रवेश गरेको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।