काठमाडौं- नेपाली कांग्रेसको कोरोना अनुगमन समितिले कोरोना संक्रमणका समयमा खटिएका चिकित्सकको अवस्था बारे जानकारी लिएकाे छ। कोरोनाको महामारीको समयमा स्वास्थाकर्मीले भोगेको समस्या र समाधानमा केन्द्रित रहेर चिकित्सकसँग छलफल गरिएको अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले जानकारी दिए।
छलफलका सहभागीले महामारीकाे समयमा पहिलो लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल सरकारले नबढाएको आरोप लगाएका छन्। चिकित्सकहरुको मनोबल बढाउन सेवा सुविधा समेतमा सरकारले ध्यान नदिएको उनीहरुको भनाई थियो।
अनुगमन समितिका संयोजक महतले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सरकारको ध्यानाकर्षण गराए। विज्ञहरुले सजक गराएका विषयलाई सरकारले गम्भीर रुपमा नलिएका कारण वर्तमान अवस्था आएको उनीहरुले बताए। कार्यक्रममा नेपाली कांग्रेस अनुगमन समितिका सदस्यहरु तथा चिकित्सक संघका पदाधिकारीले सरकारी प्रभावकारीता माथि प्रश्न उठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।