काठमाडौं- राष्ट्रिय सभाका चार जना सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार राष्ट्रिय सभाअन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा माननीय तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा माननीय परशु राम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा माननीय राम नारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा माननीय दिल कुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएका हुन्।
राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्य अवधि गत साता पूरा भएपछि पुनर्गठन गरिएको हो। सदस्यहरुको मनोनयनपछि सभापति चयनका लागि प्रारम्भ भएको चुनावी प्रक्रियामा पुरानै व्यक्तिहरु विरुद्ध कसैको पनि उम्मेदवारी परेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।