काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष केपी ओलीको सन्देश लिएर नेता सुवास नेम्वाङ अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका छन्।
राजधानीमा बुधबार आयोजित एक भेलामा प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीप्रति आक्रोश व्यक्त गरेको थियो। उनीहरुले ओलीप्रति पार्टीलाई एकलौटी ढंगबाट चलाएको र विधिसम्मत हिसाबले नचलेको आरोप लगाएका थिए।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले समसामयीक अवस्थाका बारेमा आधा घण्टा छलफल छलफल भएको जानकारी दिए।
नेता नेम्वाङले प्रचण्डले बोलाएर आफू गएको उल्लेख गर्दै पार्टीमा सहमति हुनेमा आशावादी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।