काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ट नेताहरु माधवकुमार नेपालपक्षले पार्टी विधि र पद्धतिमा नचलेको भन्दै एकलौटी ढंगबाट चलेको आरोप लगाएको छ।
आज बिजुलीबजारस्थित प्रेसिडेन्सियल कलेजमा भएको भेलामा उनीहरुले अहिलेको लडाइँ पद र प्रतिष्ठाको नभएको भन्दै पार्टीर्मा विधि र पद्धति स्थापनाका लागि भएको बताए।
उक्त छलफलमा वरिष्ट नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य रघुजी पन्त, पम्फा भुसाल सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।