काठमाडौं- सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई राष्ट्रिय जनता पार्टीले समर्थन गर्ने भएको छ।
बुधबार बसेको राप्रपा अध्यक्षत्रयको बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रतिनिधिसभामा राप्रपाका एक सांसद छन्।
प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम छ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुसार अघिल्लो बुधबार मन्त्री पद्मा अर्यालले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्र समावेश भएको नेपालको अद्यावधिक नक्सा सार्वजनिक गरेकी थिइन्।
त्यस्तै, गत शुक्रबार (जेठ ९) बसेको मन्त्रिपरिषद् बैठकले संविधानमा रहेको निशान छापमा केही हेरफेर गर्न संविधान संशोधन गर्ने निर्णय गरेको थियो। सोही अनुसार त्यसै दिन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद् सचिवालयमा संशोधन विधेयक दर्ता गराएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।