काठमाडौं- सांसद एवं पूर्वस्वास्थ्यराज्यमन्त्री सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेका सांसद कृष्णकुमार श्रेष्ठ किसानले प्रतिनिधि सभाको बैठकमै आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।
नीति तथा कार्यक्रममा बोल्न समय लिएका किसानले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। केही हप्ताअघि सांसद अपहरण गरेको भन्दै आफू र महेश बस्नेतको चरित्र हत्या गर्ने काम भएको उनले बताए । ‘म चुनौती दिन चाहान्छु यदि सांसद अपहरण गरेको प्रमाणित भए म यही सदनमा सबैको आगाडि झुन्डिन तयार छु’, उनले भने ‘ यदि आरोप लगत भए आरोप लगाउनेहरु झुन्डिन तयार छन्?’
उनले नीति तथा कार्यक्रम प्रशंसायोग्य भएको पनि बताए। सरकारले भारतसँगको सिमा विवादमा लिएको अडानदेखि कृषिलाई आधुनिकीकरण गर्नेसम्मका योजना राम्रो भएको उनले बताए। रोजगारमुलुक कार्यक्रम र कृषिलाई आधुनिकीकरण गराउने कुरामा प्राथमिकता दिँदा मुलुकलाई आत्म निर्भर हुने उनको तर्क छ।
स्वास्थ्य संस्थाहरुको स्थापना र स्तरोन्तनी गर्ने कुरा नीति तथा कार्यक्रमको राम्रो भएको उनले टिप्पणी गरे। वडादेखि प्रदेशस्तरका अस्पताल बनाउने सरकारको काम राम्रो भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।