काठमाडौं- काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्न प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ हुने भएको छ । डिएआर मुभिजको आयोजनामा फागुन १६ देखि २० सम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना हुने भएको हो।
कार्यक्रमका संयोजक नमराज ढुंगानाले काँठ क्षेत्रको कला र संस्कृति र संस्कृतिको संरक्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । महोत्सवमा काठमाडौं वरपरका ११ जिल्लाका काँठे लोक गीत, संगीत, घाँसे गीत, सेलो, खैजेडि भजन, झाँक्रि, मारुनी, चुट्का, ठट्यौली, ठाडि, झाँकि, धिमे लगाएतका भाका समेटिने आयोजकले जानकारी दिएका छन् ।
महोत्सवमा काँठे लोक दोहोरी प्रतियोगीता समेत आयोजना हुने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा काँठे क्षेत्रको लोक गीत संगीतमा योगदान पुर्याएका श्रष्टा कुमार बस्नेत, जयनन्द लामा, मच्छेश्वर सापकोटा, तिर्थ कुमार थापा, मिरा थापा, मिरा राणा, धुव्रराज खड्का, र शिवनारायण जोशिलाई सम्मान गरिने तयारी समेत गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।