न्यून रक्तचापबाट बच्ने उपाय

नेपाल लाइभ | २०७६ मङ्सिर १४ शनिबार | Saturday, November 30, 2019 ०६:००:०० मा प्रकाशित

एजेन्सी- रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन गर्नु आवश्यक छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। तपाईं वा तपाईको कोही आफन्तजनको रक्तचाप न्यून छ भने तपाईले निम्न तरिका अपनाउन सक्नुहुन्छ।

मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ। हरेक १० ग्राम रक्सि पिउँदा तपाईंको प्रेसर १ एमएमएचजीले वृद्धि हुन्छ। तर न्यून रक्तचाप छ भन्दैमा कहिल्यै पनि मदिरा पिउने भूल नगर्नुहोस्। अत्याधिक अल्कोहलको मात्राले डिहाइड्रेसन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ। बरु प्रर्याप्त मात्रामा पानी पिउनुहोस्‚ जसले रक्त प्रवाह सशक्त र तीब्र हुन्छ। शरिरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भए पनि जोगिन सकिन्छ।

नूनको मात्रालाई अनुगमन गर्नुहोस्ः रक्तचाप बढी भएको अवस्थामा निश्चय नै नुनको मात्रा घटाउनु बुद्धिमानी हुनेछ। तर रक्तचाप कमी भयो भन्दैमा नुनको मात्रा बढाउनु कदापी राम्रो होइन। नुनको मात्रा वृद्धि गर्दा यसले उच्च रक्तचापको खतरा बढाउछ, अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ। चिकित्सकले सुझाव दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ।

आकस्मिक शारिरिक गतिविधि त्याग्नुहोस्ः आँखा धमिलो देख्‍नु र टाउको हल्का दुख्नु न्यून रक्तचापका लक्षणहरु भएकाले शरिरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी पुर्‍याउनु फाइदाजनक हुन्छ। ओछ्यानबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्ता कुराहरू ख्याल गर्नुपर्छ। झटपट उठ्दा रक्तचाप न्यून भएको बेला आँखा धमिलो हुने वा दुर्घटना निम्तिन सक्छ। तसर्थ उभिनुभन्दा अगाडि पैतला र खुट्टालाई हल्का दबाएर केही सेकेन्ड ओछ्यानमा बसेर मात्र उभिनु फाइदाजनक हुन्छ।

उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम खानुहोस्ः न्यून रक्तचाप भएका मानिसलाई सामान्यतया उच्च कार्बोहाइड्रेडयुक्त खानेकुरा खान सुझाव दिइँदैन। कार्बोहाइड्रेडयुक्त खानेकुरा घटाउदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्ने हुन्छ।  

तातो पानी र स्टिम नलिनुहोस्ः लामो समयसम्म तातो पानीले नुहाउँदा वा वाफ लिँदा आँखा धमिलो हुने र हल्का टाउको दुख्ने हुन्छ। तसर्थ आरामदायी वाथ ट्युबमा सुतेर तातो पानीले नुहाउनु हुँदैन। कुर्चीबाट उठ्दा पैतला तथा खुट्टालाई एकपटक हल्का दबाएर मात्र उठ्नु फाइदाजनक हुन्छ।  

बारम्बार खाना खानुहोस्ः रक्तचाप न्यून भएका मानिसहरुमा खानापछि हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्या हुने भएकोले एकै पटक धेरै खाना खानुको सट्टा बरु हरेक दुई-दुई घन्टामा थोरै-थोरै खानु बुद्धिमानी हुन्छ। 

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान