काठमाडौं- स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादव अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। राज्यमन्त्री यादवको मेरुदण्डमा समस्या आएपछि शुक्रबार साँझ अस्पताल भर्ना गरिएको हो।
मेरुदण्डको दुखाइले हिँड्न समेत नसक्ने भएपछि राज्यमन्त्री यादवलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो। उनको वीर अस्पतालको भिआइपी वार्डमा उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवले जानकारी दिए।
डा यादवले भने, 'उहाँको ढाडमा समस्या रहेछ, हामीले निगरानीमा राखेर, आवश्यक उपचार गरिरहेका छौं।'
राज्यमन्त्री यादवलाई डाक्टर राजिव झाले हेरिररहेका छन्। झाको टिमलाई अरू केही डाक्टरहरूले सघाइरहेका छन्।
उनलाई आइतबारसम्म अस्पताल राखेर उपचार गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।