काठमाडौं- अर्थ मन्त्रालयले राजस्व प्रशासनका करिब ६० जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले ३ वर्षभन्दा धेरै मन्त्रालय तथा केन्द्रीय विभागमा बसेका उपसचिवहरुलाई कार्यालयको नेतृत्व गर्नेगरी खटाइएको छ।
यसैगरी, कर कार्यालय तथा भन्सार कार्यालयमा २ वर्ष बिताएका उपसचिवहरुलाई विभाग तथा मन्त्रालयमा ल्याइएको छ। मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार लामो समयसम्म कार्यालयमा बसेका उपसचिवहरुलाई मन्त्रालयमा जिम्मेवारी दिइएको छ।
'अर्थ मन्त्रालयले स्वतन्त्र हिसाबले कुनै विवाद नहुने गरी सरुवा व्यवस्थापन गरेको छ,' स्रोतले भन्यो, 'अर्थमन्त्री वा अन्य कुनै पनि व्यक्तिको दबाब र प्रभावबिना सरुवा भएको छ। यति स्वतन्त्र हिसाबले सरुवा भएको यो पहिलोपटक हो।'
अर्थ मन्त्रालयका अनुसार काठमाडौंभित्र कलंकी, कालिमाटी, बत्तिसपुतली, महाराजगन्ज र चावहिलका कर कार्यालय प्रमुखको सरुवा भएको छ। ललितपुर कर कार्यालयका प्रमुखको विभागमा सरुवा भएको छ। आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख पनि विभागमा तानिएका छन्। आन्तरिक राजस्वतर्फ भद्रपुर, धरान, धनगढी, कन्चनपुर लगायतका कार्यालय प्रमुखको सरुवा भएको छ।
भन्सारतर्फ विराटनगर र मेची भन्सार कार्यालयका प्रमुखको सरुवा भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका २ उपसचिवको पनि सरुवा भएको छ।
कसको कहाँ सरुवा भयो सूची हेर्नुस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।