डडेलधुरा- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेलधुरा अस्पताल सारिएको छ।
अनसन बसेको पाचौं दिन अचानक स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आज साँझ उनलाई अस्पताल सारिएको छ।
केसीको हाल अस्पतालको आकस्मिक कक्षको १६ नम्बर बेडमा उपचार भइरहेको अस्पतालका निमित्त मेसु डा.जितेद्र कँडेलले बताए।
उनलाई अहिले बोल्न समे समस्या भइरहेको कँडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।