काठमाडौं- व्यवस्थापकीय कमजोरीका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम उच्च जोखिममा परेको निष्कर्ष एक अध्ययनले निकालेको छ।
साउन १५ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेलगत्तै मन्त्री योगेश भट्टराई निगम सुधारका लागि भन्दै गठन गरेको अध्ययन समितिले यस्तो निष्कर्ष निकालेको हो।
पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठन भएको सो अध्ययन समितिले निगममा आर्थिक व्यवस्थापनदेखि समग्र व्यापार व्यवस्थापन गर्न नसक्दा जोखिममा परेको निष्कर्ष निकालेको हो।
समितिको सदस्य सचिवमा पर्यटन सचिव बुद्धिसागर लामिछाने थिए। उनीहरू २ बाहेक समितिमा अन्य ३ जना सदस्य थिए।
समितिले १ महिना सम्म अध्ययन गरी सो निष्कर्ष निकालेको र सो अध्ययन प्रतिवेदन संभवत बुधबार बिहानसम्ममा मन्त्रालयमा बुझाउन लागिएको स्रोतले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।