काठमाडौं- सुनको भाउमा हरेक दिन नयाँ रेकर्ड बन्न थालेको छ।
साताको पहिलो दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ७२ हजार ५ सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ तोकिएको थियो।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।