काठमाडौं- नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई क्याप वितरण गरेको छ।
मेरुदण्डीय पक्षघात समूह नेपालले माघ १६ गते शहीद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्विलचियर दौड प्रतियोगिताको आयोजनामा संलग्न सम्पूर्ण सहभागीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले संस्थाका संयोजक राजेन्द्र खनाल र कोषध्यक्ष झरना रानालाई क्याप हस्तान्तरण गरेका छन्।
यस्तो कार्यक्रममा सहभागिता जनाउँदा मेरुदण्डमा चोट लागि अपाङ्गता भएका व्यक्तिहरुलाई उत्प्रेरणा र हौशला बढ्ने हुँदा यस्ता कार्यक्रमहरुलाई प्राथमिक्ता दिई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।