काठमाडौं- सिजी इलेक्ट्रोनिक्सले विराटनगरमा १८औं शोरुम एलजीको ८औं नयाँ प्रिमियम ब्राण्डसप संञ्चालनमा ल्याएको छ।
यो चौधरी समूहको आफ्नै अत्याधुनिक शोरुम हो। एलजीले आफ्नो सेवा तथा व्यापार विस्तारको क्रममा पहिलो पटक प्रदेश नम्बर एकमा आफ्नै शोरुम सञ्चालनमा ल्याएको हो।
उक्त शोरुममा घरायसी प्रयोजनका विभिन्न सामाग्री उपलब्ध हुने कम्पनीले जनाएको छ।
नयाँ शाखा खोलेको उपलक्ष्यमा केहि समयका लागि छुट प्रदान गर्ने सिजीले जनाएको छ।
शाखा उद्घाटनका क्रममा माघ १३ देखि २० गतेसम्म सामान खरिद गर्दा २४ प्रतिशतसम्म छुटा पाइनेछ। किस्ताबन्दिमा सामान खरिद गर्दा व्याज नलाग्ने सिजिले जनाएको छ।
कुनै पनि सामान खरिद गर्दा सित्तैमा उपहार पाउन सकिनेछ। यसै अवसरमा कम्पनीले एलइडी टेलिभिजको एक्सचेन्ज अफर समेत सञ्चालन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।