काठमाडौं– वैदेशिक रोजगारीका लागि कतारको मर्करी मिना कम्पनीमा पुगेर बिना तलब फर्किएका ३४ कामदारले ९० लाख क्षतिपूर्ति पाउने भएका छन्।
४ वर्ष अगाडि सन् २०१५ मा कम्पनीले तलब नदिएपछि फर्किएका ३४ कामदारले करिब ९० लाख क्षतिपूर्ति पाउने पक्का भएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुुसालले बताए।
सो रकम कतारस्थित नेपाली दूतावासमार्फत श्रमिकहरुलाई दिलाईने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।