काठमाडौं– जीवन बिमा कम्पनीहरुका प्रमुख व्यवस्थापकहरुले जीवन बिमक संघ नेपाल गठन गरेका छन्। आइतबार गठन भएको संघको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा मेट लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठ, सचिवमा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल छन्।
जीवन बिमा व्यवसायलाई थप व्यवस्थित गर्न संघको स्थापना भएको पाण्डेले बताए। जीवन बिमा क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न संघले विशेष पहल गर्ने उनको धारणा छ। संघले जीवन बिमा व्यवसायलाई थप विस्तार गर्ने रणनीति तय गर्ने जनाएको छ।
कम्पनीबीच रहेको पानीबाराबारको स्थिति कम गर्न पनि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष पाण्डेले बताए। राज्यसँग लड्नु पर्ने कुराहरुदेखि लिएर सेवा सुविधा र कानुनी सहजताका लागि संघले काम गर्ने छ।
हाल निर्जीवन बिमा कम्पनीहरुको बिमक संघ छ। तर जीवन बिमा कम्पनीहरुले भने थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।