काठमाडौं- नेपालका लागि लिनियर फ्लक्सका हेडफोनको आधिकारिक बिक्रेता आइएमएस ग्रुप बनेको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आइएमएसले लिनियर फ्लक्स हेडफोनको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको जानकारी गराएको हो।
लिनयरका हेडफोनमा वायरलेस हाइपर डेफिनेसनका विशेषता छन्।
यो हेडफोन सांगीतिक क्षेत्रका व्यक्तिहरुका लागि बढी उपयोगी हुने विश्वास ग्रुपले लिएको छ।
सो हेडफोन पानीप्रतिरोधी हुनुका साथै थप केबुल आवश्यक नपर्ने बताइएको छ।
आइएमएस ग्रुपका अनुसार यो हेडसेट नेपालका अग्रणी अनलाइन मेगास्टोरहरूमा उपलब्ध छ। यसका साथै आइएमएस लिटिल स्माइल स्वरुम सिटी सेन्टर र आइएमएस स्मार्ट स्वरुम, ताम्राकार कम्प्लेक्सबाट समेत खरिद गर्न सकिने छ।
आइएमएस समूहका २० भन्दा बढी कम्पनी संचालनमा छन्।
यो समूह स्यामसुङ मोबाइलको आधाकारिक बिक्रेतासमेत हो।
विगत २७ वर्षमा यो कम्पनीले विविध क्षेत्रहरुमा सेवा पुर्याउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।