काठमाठौं- महिन्द्राको व्याकहो लोडर सार्वजनिक भएको छ। महिन्द्रा हेवी इक्युपमेन्टको नेपालका लागि आधिकारिक बिक्रेता दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्सले उक्त इक्युपमेन्ट बजारमा ल्याएको हो।
कम्पनीले मोटर ग्रेडर (जी-९०), व्याकहो लोडर (भीएक्स-९०) र ब्लेजो-२५ टिपर सार्वजनिक गरेको हो। उक्त व्याकहो लोडरको पावर २२ सय आरपिएममा ९१ एचपी, १४ देखि १६ सय आरपिएममा ३ सय ६० एनएम टर्क जेनेरेट गर्छ। महिन्द्राको इन्जिनले १० प्रतिशत इन्धन बचत गर्ने दाबी कम्पनीले गरेको छ।
नेपालको बाटो र माटोलाई सुहाउँदो यी विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याकहो लोडर, ग्रेडर आदि कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रविधि तथा बेजोड कार्यक्षमताका विशेषता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।