काठमाडौं– नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सञ्चालन अनुमति दिएको छ। क्यापिटलले सोमबार ३२ औ मर्चेन्ट बैंकको रुपमा अनुमति प्राप्त गरेको हो।
माछापुच्छ्रेले अण्डरराइटीङ, शेयर परामर्श सेवा र पोर्टफोलियो म्यानेजमेन्टको काम गर्ने गरि अनुमति पाएको हो। क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ।
नेपाल धितोपत्र बोर्डले यसअगाडि नै नयाँ लाइसेन्सका लागि निवेदन बन्द गरिसकेको छ। बोर्डमा परेको निवेदनमध्ये यो अन्तिम थियो। यससँगै बोर्डले नयाँ लाइसेन्स खुला नगरेसम्मका लागि नेपालमा मर्चेन्ट बैंकिङ सुविधा दिने संस्था ३२ पुगेको छ।
मर्चेन्ट बैकहरुले प्राथमिक तथा दोस्रो बजारका लागि काम गर्दै आएका छन्। म्युचुअल फण्ड सञ्चालन गर्नेदेखि लिएर प्राथमिक शेयर निष्काशन सम्ममका काम मर्चेन्ट बैंकहरुले प्रदान गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।