काठमाडौं- सनफ्लो सनफ्लावर तेलले ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ योजनाअन्तर्गत चौथो लक्की ड्र विजेताको नामावली सार्वजनिक गरेको छ।
हिराको हार र हिराका अन्य उपहार विजेताको नाम घोषणा गरिएको कम्पनीले जानकारी दिएको हो।
चौथो लक्की ड्र अन्तर्गत पाल्पाका खिमबहादुर विकले हिराको नेकलेस जितेका छन्।
त्यसैगरी पेप्सीकोलाका सौरभ श्रेष्ठ र विराटनगरका नम्रता राईले हिराको लकेट जितेका छन्।
काठमाडौं बसुन्धारकी जुनु श्रेष्ठ र पाल्पाकी केशमाया पुनले हिराको टप जितेका छन्।
के.एल. दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा २३ अक्टोबरदेखि यस्तो योजना सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।