काठमाडौं- मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको आयोजनामा छैटौं नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर एक्स्पो हुने भएको छ। मघ १७, १८ र १९ गते काठमाडौंमा मेला हुने भएको हो।
प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन्। फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्य राखिएको प्रेस विज्ञप्तीमा जनाइएको छ।
अन्तराष्ट्रिय प्रदर्शनीमा उड वर्किङ एन्ड फर्निचर म्यानिुफ्याक्चरिङ मेसिनरिज, पावर टुल्स, प्लाइ उड, ढोको र झ्याल तथा काठका सामान र कच्चा पदार्थका सौ इन्टेरियर डिजाइनका सामग्रीको सहभागिता रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।