सुर्खेत- यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकारअन्तर्गतकाे यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ।
विभागबाट अनुमति पाएसँगै कार्यालयले आइतबारदेखि अनलाइन आवेदन खुल्ला गरेको छ। यसअघि सवारी चालक अनुमतिपत्र लिन कर्णाली प्रदेशबाट प्रदेश ५ को नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय जानुपर्ने बाध्यता थियो।
प्रदेश सरकार गठन भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो। सुर्खेतबाटै लाइसेन्स वितरण हुने भएपछि कर्णालीवासीले खुसी व्यक्त गरेका छन्।
यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले लाइसेन्स वितरणको व्यवस्थापकीय तयारीमा जुटिसकेको बताए। मन्त्रालयले करार सेवामा प्राविधिकतर्फका कर्मचारी छनोट गरेपछि सुर्खेतबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य अघि बढाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।