जनकपुर– पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै जनकपुर-काठमाडौं हवाई उडानमा एयरलाइन्सहरुले भाडा घटाएका छन्। भाडा दर घटाउने प्रतिस्पर्धाले यात्रुलाई फाइदा पुगेकाे छ।
बुद्ध एयरलाइन्सले भाडा घटाएर १ हजार ८ सय रुपैयाँ कायम गरेकाेमा श्री एयरलाइन्सले पनि बुद्धको भन्दा एक सय रुपैयाँ सस्ताे १ हजार ७ सय रुपैयाँ निर्धारण गरेकाे छ। श्रीले भाेलि (साेमबार)देखि लागू हुने जनाएकाे छ।
बुद्ध र यति एयरलाइन्सले जनकपुर-काठमाडाैं उडान भर्दै आएकोमा श्री एयरलाइन्सले पनि साेमबारदेखि नियमित उडान गर्ने भएकाे छ। यसअघि माघ १ गतेदेखि उडान भर्ने बताए पनि सुरु हुन सकेको थिएन।
जनकपुरबाट तीन विमान कम्पनीले सेवा सुरुवात गरेपछि दैनिक दुई सयजना जनकपुर–काठमाडौं र काठमाडौं–जनकपुर यात्रा गर्न सक्ने छन्। जनकपुरधाम विमानस्थलबाट माघ ६ गतेदेखि रात्रिकालीन हवाई सेवा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।