काठमाडौं- बजाज मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले स्याङ्जामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ।
आधुनिक एवं सुविधा सम्पन्न नयाँ अर्पण इन्टरप्राइजेज मंगलबारबाट सञ्चालनमा आएको हो। स्याङ्जामा बजाजको नयाँ सोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउँदै बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यलाई सार्थक बनाउन सहयोग पुग्ने विश्वास कम्पनीको छ।
यो उद्देश्यलाई सार्थक पार्न अर्पण इन्टरप्राइजेजका प्रोपाइटर अरुण श्रेष्ठलाई स्याङ्जामा नयाँ डिलरसिप उपलब्ध गराइएको हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ। नयाँ सोरुमले ग्राहकहरुलाई माेटरसाइकलकाे स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने अपेक्षा गरिएकाे छ।
नयाँ सोरुम उद्घाटन गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले स्याङ्जाको सोरुपले यस आसपासका उपभोक्तालाई बजाजका मोटसाइकल तथा सर्भिका लागि सहज हुने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।