काठमाडौं– बैंकर्स संघका प्रमुख कार्यकारी (सिइओ) अनील शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबारे अझै केही अस्पष्टता रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा योजनाबारे अझै केही अन्यौलता तथा दुविधा बाँकी रहेकाले बैंकर्स संघ तथा कर्मचारीहरु स्पष्ट हुन चाहेको बताएका हुन् ।
‘धेरै मिडियाहरुमा बैंकर्स संघ सामाजिक सुरक्षा कोषको विपक्षमा भएको टिकाटिप्पणी आए तर त्यो नै वास्तविकता होइन’ सिइओ शर्माले भने, ‘कोषबारे केही अस्पष्टता भने पक्कै छन्। हामी कोषसँग यसबारेमा छलफल गरिरहेका छौँ ।’
निजी तथा निजामति कर्मचारीका बीचमा भएको विभेदकारी नीतिका बारेमा बैंकका कर्मचारीहरु अस्पष्ट रहेका कारण तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेबारे अन्यौलता बढेको सिइओ शर्माले बताएका छन्।
‘हाम्रा कर्मचारीहरु आफूले रोजगारदाताबाट पाइरहेको सेवासुविधा घट्ने हो कि भन्ने चिन्तामा पनि छन् । हामी पनि कर्मचारीले पाइरहेको सेवासुविधा नघटोस् भन्ने पक्षमा छौँ’,’ उनले थपे।
सामाजिक सुरक्षाबारे स्पष्टताका लागि बैंकर्स संघ कोषसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।