काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अक्वा मिनरल्स नेपाल प्रालिलाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ।
उक्त कम्पनीले लेबल नराखिएको पानी बेचेको भन्दै विभागले जरिवाना तिराएको हो।
गत आईतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कम्पनीको पानीको बोतलमा मूल्य, उत्पादन मिति, प्रयोग अवधि लगायतका विवरण नराखिएको पाईएको थियो।
वाणिज्य विभागले सोही कार्यक्रममा प्रयोग भएका पानीका बोतललाई आधार मानेर सोमबार उक्त कम्पनीको उद्योगमा अनुगमन गरेको थियो।
प्याकिङ भएर बजारमा पठाउन तयार पारिएका केही पानीका बोतलमा पनि लेबल नराखिएको पाइएको विभागले जनाएको छ।
उक्त कम्पनीबाट उत्पादित पानीको गुणस्तर पिउनलायक रहेको–नरहेकोबारे अध्ययन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई नमुना पठाइएको विभागले जनाएको छ।
सम्बन्धित समाचारः
जब मन्त्रीको टेबुलमा पुग्यो लेबल बिनाको पानीको बोतल [भिडियोसहित]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।