काठमाडौं- डिजिटल भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे कारोबारको सीमा रकम बढाएको छ।
राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम सेलपेले दैनिक एक लाख र मासिक ५ लाख रुपैयाँसम्मको स्थानान्तरण सुविधा उपलब्ध गराउन सकिने जानकारी दिएको हो।
यसैगरी, सेलपेका ग्राहकले एक पटकमा २५ हजार रुपैयाँसम्म स्थानान्तरण गर्न सक्ने बताएको छ।
यी सेवाका अतिरिक्त सेलपेका सबै सेवा मोबाइल एप्लिकेसन तथा वेबसाइट दुवै माध्यमबाट उपयोग गर्न सकिने छ।
वास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार, सुरक्षित र लोयल्टी पोइन्टस् लगायतका विशेषता सेलपेमा छन्।
सेलपेबाट दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेस्टुरेन्टको भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, बिटुपी, पिटुबी र बिटुबी वास्तविक समयमा नै गर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।