काठमाडौं- सरकारले जयनगर–बर्दिवास रेललाइन निर्माणका लागि आयात गरिने विभिन्न सामानमा लाग्ने भन्सारमा छुट दिने निर्णय गरेको छ।
रेललाइनका लागि आवश्यक पर्ने विजलपुरा स्टेशनमा स्टाफ क्वाटर्स, स्टेशन बिउल्डिङ, प्लेटफर्म आदिका लागि चाहिने ३ लाख ८५ हजार भारतीय रुपैयाँ बराबरको सामानमा लाग्ने भन्सार छुट दिएको हो।
पुस २१ मा राजपत्रमा सूचना प्रकाशित गरी सरकारले रेललाइन निर्माणका सामग्री आयातकर्ता कम्पनी एमएस जेके मिश्रा भगलपुर बिहारलाई कर तथा महसुल छुट दिएको हो। सरकारले आर्थिक ऐन २०७६ को दफा १८ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सो छुट दिएको हो।
त्यस्तै सरकारले भारत सरकारबाट विभिन्न स्वास्थ्य तथा शिक्षण एवं सामाजिक संघ संस्थाहरुको लागि उहारस्वरुप प्राप्त हुने ५० लाख ८८ हजार भारुको ६ वटा स्कुल बस र १ करोड ४० लाख ७० हजार भारुको ३० वटा एम्बुलेन्स आयातमा लाग्ने कर छुट दिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।