काठमाडौं– पुरानो मेडिकल कलेज र चितवन उद्योग वाणिज्य संघबीच आपसी सहकार्यसम्बन्धी स्मरणपत्र नवीकरण भएको छ। गत वर्ष पनि उद्योग वाणिज्य संघका सम्पूर्ण वैध सदस्यलाई निश्चित प्रतिशत छुट दिनेसम्बन्धी स्मरणपत्रमा हस्ताक्षर भएको थियो। यसवर्ष उक्त स्मरणपत्र परिमार्जनसहित हस्ताक्षर भएको उद्योग वाणिज्य संघ स्वास्थ्य समिति प्रमुख शिरीष पन्तले बताए।
पूरानो मेडिकल कलेजमा अब संघका सदस्यले अस्पतालतर्फका सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउनेछन्। स्मरणपत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधान र निमित्त निर्देशक डा राजेश यादव तथा उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष सहनलाल प्रधान तथा स्वास्थ्य विभाग प्रमुख शिरीष पन्तले हस्ताक्षर गरेका थिए।
स्मरणपत्र सार्वजनिक कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष प्रधान, अस्पतालका निमित्त निर्देशक डा. यादवले बोलेका थिए। संघका सदस्यलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै बिलिङ काउन्टर तथा सम्पर्क व्यक्ति व्यवस्था गरिने र संघसँगको सहकार्यमा पिछडिएका क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।