काठमाडौं- भारतमा हरेक दुई वर्षमा हुने अटो एक्सपोमा यो वर्ष टाटा मोटर्सले २६ वटा सवारी सोकेश गर्ने भएको छ।
रेभिन्यूका हिसाबले भारतको सबैभन्दा सवारी उत्पादक कम्पनी टाटाले ४ वटा ग्लोबल अनह्विल हुने कम्पनीले जनाएको छ। भारतको ग्रेटर नोयडामा हुने अटो एक्सपोमा टाटाले १४ वटा कमर्सिलय र १२ वटा प्यासेन्जर सवारी सार्वजनिक गर्ने द इकोनोमेक्स टाइम्सले लेखेको छ।
टाटाको पेभिलियनमा अटो एक्सपो २०२० मा इनोभेटिभ मोबिलिटी सोलुसन देख्न पाइने छ। जसले भारतलाई कनेक्टेड गर्ने दाबी कम्पनीको छ। यो वर्षको अटो एक्सपोमा दिगो मोबिलिटी सोलुसन देख्न पाइने टाटा मोटर्सका सिइओ गुन्टर बुस्टचेकको भनाइ छ। कम्पनीको ध्यान सिइएसएसतर्फ केन्द्रित हुने उनले बताए।
भविष्यका कार कनेक्टेड, इलेक्ट्रिक, सेयर्ड र सुरक्षित हुने टाटा मोटर्सको जनाएको छ।
यो वर्ष अटो एक्सपोमा सार्वजनिक हुने सबै सवारी बिएस ६ कम्पायन्टका हुने छन्। यसको कारण २०२० अप्रिल १ देखि भारत सरकारले बिएस ६ भन्दा तलका इन्जिन भएका सवारी दर्तामा रोख लगाउने निर्णय यस अघि नै गरिसकेको छ।
यसका साथै उपभोक्तालाई आकर्षित गर्ने गरी डिजाइन भएका सवारी समेत एक्सपोमा सार्वजनिक हुने बुस्टचेकको भनाइ छ। टाटा मोटर्सले विकास गरेको कमन कनेक्टेड प्रविधि कमर्सियल, प्यासेन्जरका साथै इलेक्ट्रिक सवारीमा समेत प्रयोग गरिएको कम्पनीले जनाएको छ।
अटो एक्सपोको २०२० संस्करण फेब्रुअरी ७ देखि भारतको उत्तरप्रदेश स्थित ग्रेटर नोयडामा हुने छ। ग्रेटर नोयडामा सवारी साधन र दिल्लीको प्रगति मैदानमा कम्पोनेन्टको प्रदर्शनी हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।