काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटाका नेक्सन मोडलका सवारी नेपाली कर्पोरेट क्षेत्रमा लोकप्रिय बन्दै गएका छन्।
नेपाली बजारमा टाटाको यो मोडलका सवारी अझ लोकप्रिय बन्ने क्रममा रहेको नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ।
हालैमात्र नेपाल एसबिआई बैंकलाई सिप्रदीले टाटा नेक्सनका विभिन्न भेरियन्ट डेलिभरी गरेको छ। यसका साथै अन्य विभिन्न बैङ्क तथा वित्तीय संस्थाका साथै व्यवसायिक क्षेत्रबाट अग्रिम बुकिङ भैरहेको छ सिप्रदीले जनाएको छ।
सिप्रदीले गत वर्ष नेपाली बजारमा भित्र्याएको यो मोडल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो।
बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्याइएको नेक्सन २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागले चालक तथा यात्रुलाई आरामदायी यात्राका साथै सुरक्षासमेत प्रदान गर्ने सिप्रदीले जनाएको छ।
एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टमा उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।