काठमाडौं- जिल्ला प्रशासन कार्यालय सिराहामा प्रभु बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
सिराहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बुधबार बैंकको एक्स्टेन्सन काउन्टर सेवाको सुरू गरेका हुन्।
यो सँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ४० पुगेको छ।
एक्स्टेन्सन काउन्टरबाट कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न सहज हुनेछ। जिल्ला प्रशासन कार्यलयको काम गर्न समेत सरल हुने विश्वास प्रभु बैंकले लिएको छ।
काउन्टर संचालनमा आएपछि सेवाग्राहीको काम छिटो सम्पन्न गर्न सजिलो हुने प्रशासन कार्यालयको अपेक्षा छ।
बैंकले २ सय २ शाखा कार्यालय, १ सय ५२ एटिएम र १७ स्थानबाट शाखारहित बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।