काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यस वर्ष ६० हजार युवालाई देशभित्रै रोजगारी दिने घोषणा गरेका छन्।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजार युवाहरुलाई देशभित्रै १०० दिनको रोजगारी दिने घोषणा गरेका हुन्।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अघिल्लो वर्ष छुट्याइएको २ अर्ब ३६ करोड बजेटले १ लाख ७५ हजार युवाहरुलाई औषत १३ दिनको रोजगारी प्रदान गरिएको थियो।
यस वर्ष राज्य कोषबाट छुट्याइएको ५ अर्ब १ करोड बजेटको ७० प्रतिशत रकम श्रमिकहरुको ज्यालामा खर्च गर्नुपर्ने भएकाले सो ७० प्रतिशत रकमले ६० हजार युवाहरुलाई १०० दिनको रोजगारी प्रदान गर्न सकिने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताए।
यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारीमा खटिने श्रमिकहरुको दुर्घटना बिमा गरिने उल्लेख गरिएको छ।
त्यस्तै रोजगारीमूलक सीप विकासमा समेत निजी क्षेत्रहरुसँग साझेदारी गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।